Tuesday, October 15, 2024

मदन पुरस्कार

 

मदन पुरस्कार

मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ साल भएको थियो। मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा र सम्मान कार्यक्रम २०१४ सालमा सम्पन भयो। गुठीको निर्णयअनुसार प्रारम्भमा सम्मान पुरस्कारको रकम रू. ४०००/- रहेको र  २०२५ सालसम्म गुठीले चारचार हजारका जम्मा चार ओटा सम्मान पुरस्कार प्रत्येक वर्ष दिन सक्ने व्यवस्था गरेको थियो । त्यसपछि दशदश हजार रूपियाँका दुई सम्मान दिने व्यवस्था भयो । २०३३ साल पछि भने एक मात्र सम्मान दिने व्यवस्था गरियो र सम्मान रकम पच्चीस हजारको भयो । त्यसपछि सम्मान रकम २०४० सालमा तीस हजार, २०४२ सालमा चालीस हजार, २०४३ सालमा पचास हजार, २०५१ सालमा एक लाख, २०६१ सालमा दुई लाख तथा २०७५ सालमा चार लाख भएको छ ।

मदन पुरस्कार स्थापना घोषणा                                    वि.सं. २०१२ असोज १०

मदन पुरस्कार कहिलेबाट वितरण सुरु भएको                    वि.सं. २०१३

मदन पुरस्कार स्थापना कालको पुरस्कार राशि                   रु. ४ हजार

मदन पुरस्कारको हालको पुरस्कार राशि                          रु. ४ लाख

सबैभन्दा बढिपटक मदन पुरस्कार पाउने                          सत्यमोहन जोशी (तीन पटक) वि.सं. २०१३, २०१७ र २०२८

मदन पुरस्कार पाउने पहिलो महिला                              पारिजात (शिरीषको फुल) वि. सं. २०२२

हालसम्म  मदन पुरस्कार पाएका महिला                          ४ (पारिजात, झमक घिमिरे, राधा पौडेल र निलम कार्की निहारिका )

सबैभन्दा कम उमेरमा मदन पुरस्कार पाउने                      मोदनाथ प्रश्रित (२४ वर्ष, मानव महाकाव्य )

एउटै परिवारबाट मदन पुरस्कार पाउने                           धनुषचन्द्र गौतम र ध्रुवचन्द्र गौतम

मदन पुरस्कार पाउने नेपालका पूर्व प्रधानमन्त्री                  लोकेन्द्र बहादुर चन्द (विसर्जन)

मदन पुरस्कार पाउने पहिलो विदेशी                              फादर विलियम बर्क हेलिङ्गयाक्स (सही शब्द, बि.सं.२०५१)

मदन पुरस्कार पाउने पहिलो उपन्यास                             मन (लिलाध्वज थापा) वि. सं. २०१४

मदन पुरस्कार पाउने पहिलो महाकाब्य                           मानव (मोदनाथ प्रश्रित) वि. सं. २०२३

मदन पुरस्कार पाउने पहिलो कथासंग्रह                           नयाँ सडकको गीत (रमेश विकल) वि. सं. २०१८

मदन पुरस्कार पाउने पहिलो कवितासंग्रह                        विस्फोट (भीमनिधि तिवारी) वि. सं. २०१७

मदन पुरस्कार गुठिका अध्यक्ष                                      कुन्द दीक्षित

मदन पुरस्कार पुस्तकालयका अध्यक्ष                              कनकमणि दीक्षित

मदन पुरस्कार पुस्तकालय भवन                                    पाटन ढोका, ललितपुर

मदन पुरस्कार पुस्तकालयका पुस्तकहरूको सूचि                 मदन सौरभ

मदन पुरस्कार पुस्तकालयमा रहेका पत्रिकाको सूचि             मदन गौरव

मदन पुरस्कार वितरण नगरिएको बर्ष                            वि.सं. २०३१ र २०३३

 

हालसम्म मदन पुरस्कार प्राप्त कृतिहरूः

वि. सं. २०१३ : हाम्रो लोक संस्कृति सत्यमोहन जोशी

वि. सं. २०१३ : जनरल भीमसेन थापा र तत्कालीन नेपाल चित्तरञ्जन नेपाली

वि. सं. २०१३ : अधिकविभव स्थिरविद्युत् उत्पादक बलराम जोशी

वि. सं. २०१४ : मन लीलाध्वज थापा

वि. सं. २०१४ : मृत्तिका उद्योग करुणाकर वैद्य

वि. सं. २०१५ : उद्यान गंगाविक्रम सिजापति

वि. सं. २०१५ : कवि व्यथित र काव्यसाधना कृष्णचन्द्रसिंह प्रधान

वि. सं. २०१६ : महाकवि देवकोटा नित्यराज पाण्डे

वि. सं. २०१७ : नेपाली राष्ट्रिय मुद्रा सत्यमोहन जोशी

वि. सं. २०१७ : विस्फोट भीमनिधि तिवारी

वि. सं. २०१८ : नयाँ सडकको गीत रमेश विकल

वि. सं. २०१९ : आमाको सपना गोपालप्रसाद रिमाल

वि. सं. २०२० : जोसमनी सन्त परम्परा र साहित्य जनकलाल शर्मा

वि. सं. २०२० : नैषधीय चरित कोमलनाथ अधिकारी

वि. सं. २०२१ : वस्त्र निर्माणकला लक्ष्मीबहादुर श्रेष्ठ

वि. सं. २०२१ : प्राचीन हिन्दू अर्थशास्त्र नवराज चालिसे

वि. सं. २०२१ : प्राकृत पोखरा मुकुन्दशरण उपाध्याय

वि. सं. २०२१ : नेपाली भाषा र साहित्य बालकृष्ण पोखरेल

वि. सं. २०२२ : शिरीषको फूल पारिजात

वि. सं. २०२३ : मानव मोदनाथ प्रश्रित

वि. सं. २०२३ : स्रष्टा र साहित्य उत्तम कुँवर

वि. सं. २०२४ : नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास ग्रीष्मबहादुर देवकोटा

वि. सं. २०२४ : एब्स्ट्रयाक्ट चिन्तन: प्याज शङ्कर लामिछाने

वि. सं. २०२५ : मङ्गली कुसुम धर्मराज थापा

वि. सं. २०२५ : टिपन टापन पारसमणि प्रधान

वि. सं. २०२६ : बेलाइततिर बरालिँदा तारानाथ शर्मा

वि. सं. २०२७ : नेपाली निर्वाचनको रूपरेखा महानन्द सापकोटा

वि. सं. २०२८ : कर्णाली लोक संस्कृति प्रदीप रिमाल, डा. चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, स्थिरजंगबहादुर सिंह, सत्यमोहन जोशी

वि. सं. २०२९ : आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् ईश्वरबल्लभ

वि. सं. २०३० : लिच्छविकालका अभिलेख धनवज्र वज्राचार्य

वि. सं. २०३२ :आगत भवानी भिक्षु

वि. सं. २०३४ :लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन डा. वासुदेव त्रिपाठी

वि. सं. २०३५ : घामका पाइलाहरू ध. च. गोतामे

वि. सं. २०३६ : नेपालका परम्परागत प्रविधि डा. छविलाल गजुरेल, करुणाकर वैद्य

वि. सं. २०३७ : नरसिंह अवतार जगदीश शमशेर राणा

वि. सं. २०३८ : नदी किनाराका माझी मोहन कोइराला

वि. सं. २०३९ : माधवी मदनमणि दीक्षित

वि. सं. २०४० : अलिखित डा. ध्रुवचन्द्र गौतम

वि. सं. २०४१ : प्रत्यागमन कन्चन पुडासैनी

वि. सं. २०४२ : वैकुण्ठ एक्सप्रेस मोहनराज शर्मा

वि. सं. २०४३ : लिच्छवि संवत्को निर्णय नयराज पन्त

वि. सं. २०४४ : उत्सर्ग प्रेम राजेश्वर देवकोटा

वि. सं. २०४५ : ज्योति ज्योति महाज्योति दौलत विक्रम विष्ट

वि. सं. २०४६ : नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका डा. राजेश गौतम

वि. सं. २०४७ : मृत्युञ्जय महाकाव्य भानुभक्त पोखरेल

वि. सं. २०४८ : पागल बस्ती सरुभक्त

वि. सं. २०४९ : पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि. सं. २००७) डा. भवेश्वर पंगेनी

वि. सं. २०५० : माध्यमिक नेपाली गद्याख्यान शरद्चन्द्र शर्मा भट्टराई

वि. सं. २०५१ : सही शब्द फादर विलियम बर्क हेलिङ्गयाक्स

वि. सं. २०५२ : योजनगन्धा विनोदप्रसाद धिताल

वि. सं. २०५३ : नेपाली राष्ट्रिय झण्डा डा. दयाराम श्रेष्ठ

वि. सं. २०५४ : विसर्जन लोकेन्द्रबहादुर चन्द

वि. सं. २०५५ : दुखान्त नाटकको सृजना परम्परा डा. केशवप्रसाद उपाध्याय

वि. सं. २०५६ : अतिरिक्त अभिलेख दिनेश अधिकारी

वि. सं. २०५७ : नेपालको सिमाना बुद्धिनारायण श्रेष्ठ

वि. सं. २०५८ : अभिनव संस्कृति कोष हरिराम जोशी

वि. सं. २०६० : नयाँ ईश्वरको घोषणा गोपाल पराजुली (कवि)

वि. सं. २०६१ : पल्पसा क्याफे नारायण वाग्ले

वि. सं. २०६२ : राधा कृष्ण धरावासी

वि. सं. २०६३ : छापामारको छोरो महेशविक्रम शाह

वि. सं. २०६४ : अन्तर्मनको यात्रा जगदीश घिमिरे

वि. सं. २०६५ : एक हातको ताली युवराज नयाँघरे

वि. सं. २०६६ : नेपालका बालीनाली र तिनको दिगो खेती नरबहादुर साउद

वि. सं. २०६७ : जीवन काँडा कि फूल झमक घिमिरे

वि. सं. २०६८ : सेतो धरती अमर न्यौपाने

वि. सं. २०६९ : दमिनी भीर राजन मुकारुङ

वि. सं. २०७० : खलङ्गामा हमला: एउटी नर्सको डायरी राधा पौडेल

वि. सं. २०७१ : खुसी विजय कुमार पाण्डे

वि. सं. २०७२ : ऐना रामलाल जोशी

वि. सं. २०७३ : धृतराष्ट्र घनश्याम कँडेल

वि. सं. २०७४ : योगमाया नीलम कार्की निहारिका

वि. सं. २०७५ : रणहार योगेश राज

वि. सं. २०७६ : महारानी चन्द्रप्रकाश बानियाँ

वि. सं. २०७७ : लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)- भगिराज इङ्नाम

वि. सं. २०७८ : अग्नि- नवराज लम्साल

वि. सं. २०७९ : ऐँठन – बिबेक ओझा

वि. सं. २०८० : मुकाम रणमैदान - मोहन मैनाली

 


No comments:

Post a Comment

मदन पुरस्कार

  मदन पुरस्कार मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ साल भएको थियो। मदन पुरस्कारको पहिलो घोषणा २०१३...